२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

आफूविरुद्ध परेको उजुरीको उम्मेदवारले जवाफ आज दिनुपर्ने

मंगलवार , आश्विन २५, २०७९

काठमाडौ, २५ असोज ।
प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ । २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध परेको छ । देशैभरीका उम्मेदवार माथी परेको उजुरीपछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सम्बन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ । 

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसिमा तोकिएको छ  । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ । न्युज कारखाना