
बुधवार , आश्विन २६, २०७९
रूपन्देही, २६ असोज ।
रुपन्देही क्षेत्र नम्बर २ २ मा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलस भनिने डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ ।
उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राती एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्यनरत भुसाल चुनाव लड्न पाउँदैनन् । यसअघि आयोगले सूचना ढिलाइ गरेको भन्दै आलोचना भएको थियो ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार डाक्टर निकोलस भुसाल र हिमाल बस्याल तीनै जनाको उम्मेदवारी खारेज भएको आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij