२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि निष्कासन

बुधवार , आश्विन २६, २०७९

काठमाडौं, २६ असोज ।  

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ । नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएका हुन् ।

गठबन्धनका दलले हिजो मंगलबार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलले बताए । न्युज कारखाना