२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

प्रचण्डले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण

बुधवार , आश्विन २६, २०७९

काठमाडौं, २६ असोज ।

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको जनाउँदै निर्वाचन आयोगले यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोध्नेको जनाएको छ ।
न्युज कारखाना