२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

उदयपुरमा गठबन्धनलाई समर्थन गर्दै दुई स्वतन्त्रको उम्मेदवारी फिर्ता

बिहिवार , आश्विन २७, २०७९

उदयपुर, २७ असोज ।
आसन्न मंंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । गठनबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उदयपुर प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्याय र प्रदेश सभा २ (ख) का उम्मेदवार हेमराज दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्यायले नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन् । यता हेमराज दाहालले गठबन्धनका रामकुमार खत्रीलाई समर्थन गर्दै आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।न्युज कारखाना