२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

क्रियाशील सदस्यता बुझाउनेमा अर्घाखाँची कांग्रेस पहिलो

बुधवार , मंसिर २४, २०७७

अर्घाखाँची, २४ मंसिर । 
नेपाली कांग्रेस अर्घाखाँचीले क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालय काठमाण्डौमा बुझाएको छ । कोरोना भाइरस संक्रमणको जोखिममा पनि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो । सोही अनुसार जिल्ला पार्टी सचिव विष्णु प्रसाद भुसालले बुधबार केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाउनु भएको सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ले जानकारी दिए । 

पार्टी केन्द्रीय कार्यालयको निर्देशन अनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो । अरू ७३ जिल्लामा क्रियाशीलको काम भइरहेको छ । 

अर्घाखाँचीबाट २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै क्रियाशील सदस्यको नाम केन्द्रीय कार्यालयमा बुझाएको थियो । त्यो संख्या अहिले बढेर ११ हजार आठ सय ७० जना क्रियाशील सदस्यको नाम केन्द्रीय कार्यालयमा बुझाएको खनालले जानकारी दिए । त्यस्तै अर्घाखाँची जिल्लामा रहेका ६१ वडामा विवाद बिनै क्रियाशिल सदस्यता टुंग्याएको समेत उनले जानकारी दिए ।