
आइतवार , आश्विन ३०, २०७९
रुपन्देही, ३० असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीका नेता गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार भरथरी यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले मणिग्राममा आयोजित कार्यक्रममा यादवलाई पार्टीमा प्रवेश गराएका हुन् । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij