२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पुर्नस्थापनाको माग गर्दै भैरहवामा प्रदर्शन

बिहिवार , मंसिर २५, २०७७

भैरहवा, २५ मंसिर । 
सम्पूर्ण देशभक्त नागरिक समाज रुपन्देही, राष्ट्रिय नागरिक आन्दोलन २०७७ को आयोजनामा सनातन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पुर्नस्थापनाको माग गर्दै बिहीबार भैरहवामा प्रदर्शन भएको छ । 

हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै भैरहवाको लुम्बिनी गेटबाट निस्केको मोटरसाइकल र्‍याली बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै पुनः लुम्बिनी गेटमा पुगेर सभामा परिणत भएको कार्यक्रम संयोजक रवि कुमार रौनियारले बताए । 

प्रदर्शनमा सहभागिहरुले संघीयता खारेज गर, धर्मनिरपेक्षता खारेज गर, संघीयता बोझ हो, राष्ट्रघाती गणतन्त्र खारेज गर, सनातन हिन्दु राज्य कायम गर, संवैधानिक राजसंस्था नेपालीको चाहना, हिमाल पहाड तराई, कोही छैन पराई लगायतका नारा लगाएका थिए ।

सभामा बोल्दै राष्ट्रवादी युवा अभियन्ता रञ्जन खनालले गणतन्त्र र धर्म निरपेक्षता खारेज नभएसम्म आन्दोलन नरोकिने बताए । उनले गणतन्त्र धेरै दिन नटिक्ने दावी गरे । उनले मुलुक जटिल परिस्थितिमा रहेकोले मुलुक बचाउन अब सम्पूर्ण नागरिक लाग्नुपर्ने बताए ।

IMG_8132.JPGत्यस्तै राष्ट्रिय नागरिक आन्दोलनका सदस्य डा. मनोज कुमार झाले संघीयताको नाममा कार्यकर्ता पोस्ने काम भइरहेको बताए । उनले राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना हुनुपर्ने माग गरे ।

त्यसै गरी बलराम शर्मा, गोपाल शर्मा, मोहम्मद सलिम लगायतले बोल्दै धर्म निरपेक्षता खारेज हुनुपर्ने र राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग गरे ।IMG_8154.JPGIMG_8181.JPG