२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एकपटक टिकट नपाउँदैमा पार्टी छाड्नेलाई जनताले जवाफ दिनेछन् : छविलाल विश्वकर्मा

मंगलवार , कार्तिक १, २०७९

भैरहवा, १ कात्तिक  । 
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले विकास, समृद्धि र राष्ट्रियताको रक्षाका लागि एमाले–राप्रपा–जसपा तालमेल भएको बताएका छन् । सत्तामा रहेका दलहरु एमालेसंग एक्लै लड्न डराएर गठबन्धन गरेर देशलाई दिशाहीन बनाएपछि मुलुकलाई सही मार्गमा डोर्याउन एमालेले पनि तालमेल गरेको विश्वकर्माको भनाइ छ । 

रुपन्देही क्षेत्र नम्बर १ (२) मा  नेकपा एमाले–राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रसार प्रसार कार्यालय तथा भेला उद्घाटन गर्दै एमाले सचिव समेत रहेका विश्वकर्माले घनश्याम भुसालतर्फ संकेत गर्दै एकपटक टिकट नपाउँदैमा पार्टी छाड्ने र आफनै पार्टीको सरकारलाई गिराउनेसँग सांठगांठ गर्न जानेलाई जनताले चुनावमा उचित जवाफ दिने बताए । सत्ता स्वार्थका लागि आफनै पार्टीको सरकारलाई ढालेर २३ सिटको कांग्रेसलाई सत्ता सुम्पनेहरुबाट देश विकासको आशा गर्न नहुने बताए । उनले रुपन्देही–१ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुवै क्षेत्रमा सत्ता गठबन्धन भन्दा करिब १५ हजार मतले एमाले–राप्रपा र जसपा गठबन्धन अगाडि रहेकाले  शानदार जित निकाल्ने बताए । 

रुपन्देही-१ (२) का प्रदेशसभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले जनताको मागअनुसार आफूले अघि सारेका विकासका योजनाहरु पुरा गर्न उम्मेदवार बनेको बताए । नेता न्यौपानेले टोलटोलमा पुगेर मतदातालाई सचेत बनाउनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश १ (१) का उम्मेदवार आशिषकुमार चौधरी, एमालेकी समानुपातिक उम्मेदवार जानकी न्यौपाने, जसपाका ब्यासमुन चौधरी लगायतले सत्ता गठबन्धनलाई चुनावमा परास्त नगरे देश बर्बादीको बाटोमा जाने बताए । 

१५१५ सदस्यीय चुनाव परिचालन कमिटी गठन

तीन दलको संयुक्त भेलाले नेकपा एमाले क्षेत्रीय संयोजक हिमाल पाण्डे संयोजक र राप्रपाका तुफेल पठान सह–संयोजक र सुरेन्द्र श्री सचिव रहेको रहेको १ हजार ५ सय १५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यस्तै दुर्गाप्रसाद पाण्डेको संयोजकत्वमा आर्थिक, खेमराज गुरुङको संयोजकत्वमा युवा परिचालन, धनेश्वरी चौधरीको संयोजकत्वमा महिला, योगेश पराजुलीको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी गठन भएको छ । रुपन्देही १ (२) को निर्वाचन प्रचार प्रसार कार्यालय कोटिहवास्थित एमाले पार्टी कार्यालयमा रहने छ ।