२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देही–५ (ख) का स्वतन्त्र उम्मेदवार चौधरी भन्छन, ‘म जनताको चौकीदार हो, मलाई भोट दिनुस्’

बुधवार , कार्तिक २, २०७९

भैरहवा, २ कात्तिक ।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका युवा नेता नितेशमोहन (बब्लु) चौधरीले चुनावी सक्रियता बढाएका छन् । प्रदेश सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले मतदाता, बुद्धिजीवी र शुभचिन्तकलाइ भेट्दै छलफल केन्द्रित सक्रियता बढाएका हुन ।

उनले मंगलबार गैडहवा गाउँपालिकास्थित जनसम्पर्क कार्यालयमा सो क्षेत्रका स्थानीयबासी, नेता तथा कार्यकर्ता र बुद्धिजीवीहरूसँग भेटघाट छलफल गरेका छन् ।

छलफल कार्यक्रममा उनले देशलाई विकासतर्फ लैजान, अनियमितता र स्वेच्छाचारितालाइ रोक्न स्वतन्त्र विचार र उर्जा आवश्यता रहेको भन्दै सहयोग गर्न मतदाताहरुलाई आग्रह गरे । 

कार्यक्रममा स्थानीयबासीले राजनीतिक दलहरूले शिक्षा, स्वास्थ्य, कृषि एवं पूर्वधार तथा रोजगारको विकासमा ध्यान नदिइ मात्र कार्यकर्ता पोषणमा लागेको आरोपसहित गुनासो गरेका थिए । 

स्थानीयबासी र मतदाताको गुनासो सुन्दै उम्मेदवार चौधरीले, जनमुखी विकास, सुरक्षा र स्वतन्त्रता आफ्नो चाहना भएको बताए । उनले भने, ‘म जनताको चौकीदार हो, मलाई भोट दिनुस् ।’

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका पूर्व मेयर मनमोहन चौधरी, पूर्व वडाअध्यक्ष धर्म प्रकाश चौधरी तुङ्गनाथ यादव, निर्दली यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।