
बुधवार , कार्तिक २, २०७९
भैरहवा, २ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवारलाई जिताउन तीनदलीय संयन्त्र बनेको छ । तीनवटा पार्टी नेताका अनुसार दलका उम्मेदवारलाई जिताउनका लागि उच्चस्तरीय संयन्त्र बनेको हो । एमाले, राप्रपा र जसपा आफै पनि क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन भन्दा जनमतका हिसाबले २ गुणा अंगाडि भएका दल हुन्, अब कार्ययोजनाका साथ अगाडी बड्ने एक नेताले बताए ।
पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, क्षेत्र नम्बर ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादव र क्षेत्र नम्बर ३ (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सीप्रसाद चौधरीलाई जिताउनका लागि प्रदेश (क) को ३ दलीय संयन्त्र बनेको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
संयन्त्रमा जसमा जसपाका जिल्ला उपाध्यक्ष सियाराम यादव संयोजक, राप्रपाका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता सदस्य र एमालेका जिल्ला कमिटी सदस्य सोहन थारु सदस्य रहेका छन् ।
तीनदलीय संयन्त्र क्षेत्र नम्बर ३ (क) का संयोजक तथा जसपा रुपन्देहीका उपाध्यक्ष सियाराम यादवले अब संयन्त्रले आवश्यकताअनुसार संगठन जिस्तार गर्ने र संगठनलाई पूर्ण रुपमा परिचालन गर्ने बताए । ‘हामी तीन दलका नेता छौं, हाम्रा उम्मेदवारलाई विजयी बनाउन जनवर्गीय सगठन परिचालन गर्नेदेखि विभिन्न तरिकाले अगाडि बढ्छौं । हामी गहन ढंगले हाम्रा कामलाई अगाडी बढाउँदैसंगठनलाई पूर्ण रुपमा परिचालन गरी अत्यधिक बहुमतका साथ हाम्रा उम्मेदवारले चुनाव जित्ने गरी संगठनलाई अब पूर्ण परिचालन गर्छौं, उनले भने ।’
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा राप्रपा, एमाले र जसपाले आफ्ना उम्मेदवारलाई जिताउन छलफल, बैठक तथा वडा कार्यालयलाई परिचालन गरिरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij