२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

पूर्व गृहमन्त्री थापाको प्रश्न : पाँचदलीय गठबन्धनबाट भावी प्रधानमन्त्री को हो ?

बिहिवार , कार्तिक ३, २०७९

भैरहवा, ३ कात्तिक । 
पूर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले यसपटकको मुद्दा राष्ट्रियताको मुद्दा भएकाले तीनदललाई जिताउनुपर्ने बताएका छन् । उनले भने, तीन दलको सरकार बनेको अवस्थानमा नेपालको प्रधानमन्त्री केपी ओली हो । पाँचदलको सरकार बने भावी प्रधानमन्त्री को हो ? थापाले भने, पाँचदलीय गठबन्धन प्रधानमन्त्रीको विषयमा एक वर्ष अल्मलिन्छन्, त्यसैले राप्रपा, एमाले र जसपालाई जिताउनुहोस् । ’

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य रुपन्देही क्षेत्र नम्बर ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले तीन दलीय गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित भएको बताए । उनले भने, ‘मलाई एकपटक सेवा गर्ने मौका दिनुहोस् यदी म तपाईंका बीचमा खरो रुपमा उत्रिएन भने फेरी मत माग्न आउंदिन । यादवले भने । ’

सिद्धार्थनगर–४, मायादेवी गाउँपालिका वडा नम्बर ७, ८, सियारी गाउँपालिका १, बुटवल उपमहानगरपालिका १४, १५, १६ मा राप्रपा, एमाले र जसपाको वडा प्रचार प्रसार कार्यालय राप्रपाका वरिष्ठ नेता, पूर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरा, प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले उद्घाटन गरेका थिए । 

नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बिश्वराज बराल (अनुप) ले आर्थिक विकास र समृद्धिका तालमेल भएको बताए । 
कार्यक्रममा राप्रपा मायादेवी गाउँपालिकाका प्रवक्ता लेख बहादुर खड्का लेखु, राप्रपाका युवा नेता दिपक बिष्ट लगायतले बोलेका थिए ।