
शुक्रवार , कार्तिक ४, २०७९
भैरहवा, ४ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका जिल्ला उपाध्यक्ष वृजेश कुमार यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्किएका छन् । केही महिना अघि राप्रपा नेपालमा प्रवेश गरेका युवा नेता यादव पुनः राप्रपामै फर्किएका हुन ।
राप्रपा नेपाल परित्याग गरेका यादवलाई शुक्रबार राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा र रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले पार्टीमा स्वागत गरेका हुन् ।
नेता यादवले विकासप्रेमी नेता दीपक बोहरालाई अत्याधिक मतले विजयी गराउने उद्देश्यले आफू पुनः घरमै फर्किएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij