२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

माओवादी केन्द्रका सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश

शनिवार , कार्तिक ५, २०७९

बुटवल, ५ कात्तिक ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे । उनीहरू २०५७ मा द्वन्द्वकालमा एमाले छाडेर माओवादी प्रवेश गरेका थिए ।

पुरानै घरमा फर्किन पाउँदा खुसी भएको श्रेष्ठले बताए । उनीहरू पार्टीमा स्वागत गर्दै पौडेलले पुराना नेताहरु एमालेमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उचित स्थान दिने बताए । नेताहरुलाई एमाले प्रवेश गराउँदै एमाले उपाध्यक्ष पौडेलले देशको समृद्धि र विकासका लागि एमालेलाई बलियो बनाउनुको विकल्प नभएको बताएका छन् । उनले केही स्वार्थी समूहहरुले एमालेविरोधी अभियान चलाए पनि नागरिकले देशको पक्षमा, समृद्धिको पक्षम कसले काम गरेको छ भन्ने विषय बुझिसकेको बताए । विभिन्न कारणले एमालेको नेतृत्व बाहिर रहेकाहरुलाई सबै मिलेर गोलबन्द गराउने विषयमा सबै जुट्नुपर्ने समय आएको नेता पौडेलको भनाइ थियो ।

कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले ठूलो संघर्ष गरेका नेताहरुले एमाले रोजेका कारण सबैलाई उत्साह थपिएको बताए ।