
शनिवार , कार्तिक ५, २०७९
भैरहवा, ५ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागिपरेको बताएका छन् । सुुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका व्यवस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेकोे उनले जनाए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबनधनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई बोल्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुुकहरुबिरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुु पर्ने जरुरी रहेको औल्याए । उनले नेपालको भूमि प्रयोग गरी दुुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भिर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाए । ‘मुलुुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुुकविरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाकाहरु सुुव्यवस्थित गर्नुु पर्ने छ । यसतर्फ सरकार लागिरहेको छ’, उनले भने, ‘निर्वाचन लगत्तै सबै सीमा नाका व्यवस्थित गर्ने काम सुुरु हुन्छ ।’
स्थल नाका सुुव्यवस्थित गर्ने कामको सुुरुवात निर्वाचनपछि सरकारले रुपन्देहीको बेलहिया नाकाबाट गर्ने समेत उनले प्रतिबद्धता जनाए । उनले नाका सुुव्यस्थित गराउन निर्माण गर्नुुपर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याइँ नगर्ने समेत प्रष्ट पारे । त्यस्तै उनले बेलहियामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कुटनीतिक र राजनीतिक रुपममा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विश्वस्त रहेको बताए ।
‘नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा आईसीपी निमार्ण हुने हो’, गृहमन्त्री खाँणले भने, ‘आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौं । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निमार्णमा ढिलाई भएको हो । जग्गा अधिग्रहण गरी निमार्ण प्रक्रिया अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढाएको छ ।’ अधुुरो रहेको बेलहिया–बुुटवल व्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको सडक निमार्ण तीनचार महिना भित्रै सम्पन्न हुुने पनि उनले बताए । विशेष आर्थिक क्षेत्र ‘सेज’मा नियमित विद्युत आपूर्ति र सञ्चालन कार्यविधिमा उद्योगी व्यवसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij