२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमालेका पूर्व वडाअध्यक्ष कांग्रेसमा प्रवेश

आइतवार , कार्तिक ६, २०७९

तिलोत्तमा, ६ कात्तिक ।
नेकपा एमालेका पूर्व वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । साविक टिकुलीगढ गाउँ विकास समिति वडा नम्बर ७ बाट २०५४ मा वडाअध्यक्षमा निर्वाचित होम शंकर भट्टराई कांग्रेसमा प्रवेश गरेका हुन् । 

पाँचदलीय गठबन्धद्वारा तिलोत्तमा नगरपालिका–१४ स्थित टिकुलीगढमा आयोजित कार्यक्रममा उनले एमालेलाई जिताएर जनचाहना अनुसार काम गर्न नसकेको र अब मुलुकको विकासका लागि कांग्रेसको विकल्प नभएको बताए । 

सोही कार्यक्रममा एमाले नेता तारा प्रसाद छन्तेल, पूर्व खेलाडी राजु लामासहित एकसय भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै गृहमन्त्री तथा पाँचदलीय गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँणले मुलुकको हितका लागि गठबन्धन बनेको उल्लेख गर्दै निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दावी गरे ।