२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

झुटो आश्वासन दिएर मत माग्न आउनेबाट सतर्क रहनुहोस् : पूर्व राज्यमन्त्री रज्जाक

आइतवार , कार्तिक ६, २०७९

बुटवल, ६ कात्तिक ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले राजनीतिक दलहरूले जनतालाई झुटो आश्वासन दिन नहुने बताएका छन् । रुपन्देही जिल्ला क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका रज्जाकले शनिबार दीपावली तथा छठ पर्वको अवसरमा काँग्रेस रोहिणी गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा यस्तो बताएका हुुन् ।

आफूहरूले लोकतन्त्रको रक्षाका लागि र शिक्षा स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताहरूको परिपूर्तिलाई मध्यनजर गर्दै योजना निर्माण गरिने उनले बताए । झुटो आश्वासन दिएर मत माग्न आउनेबाट सतर्क रहन जनतालाई उनले आग्रह गरे ।