
आइतवार , कार्तिक ६, २०७९
भैरहवा, ६ कात्तिक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का युवा नेता मोहम्मद अलीले पार्टी परित्याग गरेका छन् । उनले पार्टीको साधारण सदस्य नरहने गरी आइतबार पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।
जसपाको लुम्बिनी प्रदेश समिति सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज अलीले जसपा नेपालको पूर्ण समानुपातिक समावेशी जस्तो नीति तथा सिद्वान्त खाली कागजमा मात्र देखिएकोले पार्टी परित्याग गरेको बताए । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘विगतको विद्यार्थी संघ, युवा संघ हुँदै पार्टीको राजनीतिमा ११ वर्षसम्म माया, स्नेह तथा आर्शीवाद दिनुहुने सम्पूर्ण अग्रजमा आभार व्यक्त गर्दछु । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij