
आइतवार , कार्तिक ६, २०७९
भैरहवा, ६ कात्तिक ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ (ख) प्रदेश सभाका उम्मेदवार रामचन्द्र ढकालले संविधानको रक्षा गर्न कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको बताएका छन् । उनले अब मुलुकको विकास पनि गठबन्धनबाट सम्भव भएको दावी गरे ।
गठबन्धनद्वारा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता ढकालले आफू विजयी भए मतदाताको शिर निहुुरिने गरी कुनै पनि काम नगर्ने बताए । उनले भने, ‘ जनचाहनाअनुसार आफ्नो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु । रुपन्देहीको विकासका लागि को प्रतिबद्ध छ भन्ने कुरा मतदाताले बुुझ्ने बेला यही हो ।’ ढकालले प्रदेशमा संविधानले व्यवस्था गरेअनुसार काम गर्ने र संशोधन गर्नुुपर्ने विषयहरु संशोधन गर्दै जाने बताए ।
गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उम्मेदवारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा (क)मा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का नेता तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेय र क्षेत्र नम्बर ३ (ख) मा रामचन्द्र ढकाल उम्मेदवार छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij