
आइतवार , कार्तिक ६, २०७९
भैरहवा, ६ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता सन्तोष कुमार पाण्डेयले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने दावी गरेका छन् । लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर-३ प्रदेशसभा (क) का सत्ता गठबन्धनका उम्मेदवार पाण्डेयले भने, ‘हामीलाई जिताउनुहोस् ।’
गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पाण्डेयले केन्द्रमा राम्रो पहुँच र प्रभाव भएका उम्मेदवारलाई पाउनु गौरवको कुरा भएको बताए । उनले भने, ‘बालकृष्ण खाँण दाई र म मिलेर भैरहवा क्षेत्रको विकास अगाडि बढाउँछौं ।’
गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उम्मेदवारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा (क)मा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का नेता तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेय र क्षेत्र नम्बर ३ (ख) मा रामचन्द्र ढकाल उम्मेदवार छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij