
सोमवार , कार्तिक ७, २०७९
भैरहवा, ७ कात्तिक ।
जनमत पार्टी निकट युवा जनमत संघ रुपन्देहीका अध्यक्ष मोहम्मद उमरले पार्टीबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिदै पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी दिका हुन् ।
‘म मोहम्मद उमर दर्जी ८ वर्षदेखि जनमत पार्टीमा विभिन्न पदमा रहदै रुपन्देही युवा जनमत संघको अध्यक्ष पदमा रहेको र आजको मितिदेखि पार्टीको साधारण सदस्य समेत सबै जिम्मेवारीबाट राजीनामा दिएको छु, ’उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेश सभा सदस्यका उम्मेदवार संजय कुमार मिश्रलाई पूर्ण समर्थन गर्दै उहाँको प्रचार प्रसारमा लाग्ने उमरले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij