२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एकताबद्ध नभएसम्म अधिकार पाइँदैन : पूर्व सांसद् उपाध्याय

सोमवार , कार्तिक ७, २०७९

भैरहवा, ७ कात्तिक ।
पूर्व सांसद् विनोद कुमार उपाध्यायले एकतबद्ध नभएसम्म अधिकार पाउन नसकिने बताएका छन् । उनले जनताको एकता नै ठूलो शक्ति भएको बताए ।

सोमबार भैरहवामा भएको स्वतन्त्र नागरिक समाजको भेलालाई सम्बोधन गर्दै नेता उपाध्यायले भने, ‘एकता नै शक्ति हो, एकताबद्ध नभएसम्म अधिकार पाँइदैन, हामी एकताबद्ध भए कसैले परास्त गर्न सक्दैन । ’उनले संविधानमा लेखिएको अधिकार पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए । जनयुद्धका कारण मुलुकमा परिवर्तन आएको उनले बताए । निर्वाचनमा हाम्रो भन्दा राम्रो उम्मेदवारलाई मतदान गर्नुपर्ने उनको भनाइ छ ।

दिलिप मुसलमानको अध्यक्षता, नासिर अली मुसलमानको स्वागत तथा ओमप्रकाश यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मुर्तुजा अलि मुसलमान र रेयाज खानले उक्त भेलाको आयोजना गरेका थिए ।