२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

समानुपातिक सूचीका ५५० जनाको नाम निर्वाचन आयोगद्वारा खारेज

मंगलवार , कार्तिक ८, २०७९

काठमाडौं, ८ कात्तिक ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ । दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकालाई आयोगले सूचीबाट हटाएको हो ।

जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना पनि छन् । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।

उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ । न्युज कारखाना