
बुधवार , कार्तिक ९, २०७९
रुपन्देही, ९ कात्तिक ।
सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशव बहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरुले बुधबार विज्ञप्ती जारी गर्दै उम्मेदवारलाई थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए । गुरुङलाई बैंकिङ कालोसूचीमा परेको भेटाएपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । तर, उनी सर्वोच्च गएका थिए । तर सर्वोच्चले पनि आयोगको निर्णय सदर गरिदिएपछि गठबन्धन दलका शीर्ष नेताले जनमुक्तिका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेल उम्मेदवार छन् । लगातार तीनपटक फराकिलो चुनाव जितेका पौडेलको अब प्रमुख प्रतिष्पर्धी थापा हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij