२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमाले लुम्बिनी प्रदेश सदस्य पाण्डेले भने– गठबन्धन सरकारले महंगी बढायो

शनिवार , कार्तिक १२, २०७९

भैरहवा, १२ कात्तिक ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य डासुराम पाण्डेले मुलुक यतिबेला गम्भिर परिस्थितिकाबीच अगाडि बढेको बताए । उनले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतका साथ जिताउनुपर्नेमा जोड दिए । पाँचदलीय गठबन्धन सरकारले मुलुकमा भ्रष्टाचार र महंगी बढाएको उनले आरोप लगाए ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई जनताले जिताउने दावी गरे । उनले भने, ‘जसरी हुन्छ निर्वाचन जित्ने सत्तारुढ दलको रणनीति छ, केपी ओली नेतृत्वमा सरकार नबने मुलुकको विकास हुन सक्दैन ।’