२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

शिक्षा क्षेत्रमा लगानी केन्द्रित गरिनेछ : विष्णु पौडेल

आइतवार , कार्तिक १३, २०७९

बुटवल, १३ कात्तिक । 
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । 

एमाले निर्वाचन परिचालन कमिटी बुटवल–१३ को वडास्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूची र क्षमता अनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी जोड दिएको बताए ।

शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथामिकतामा राखेर काम गर्ने बताएका छन् । पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाकाँ जनता उपचारको लागि महंगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । पौडेलले अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारी सिर्जनाका अवसरहरु जुटाउने बताए । 

एक वर्ष केही हजार युवा विद्यार्थी पास आउट गर्ने र राम्रा रोजगारीका अवसवर बनाएर बेरोजगारीको समस्यालाई समाधानतर्फ पनि आफूहरूको ध्यान गएको बताए । ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र बेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर बनाएर यो क्षेत्रलाई नमूना बनाएका चाहेका छौं ।’ पौडेलले भने । 

कार्यक्रममा रुपन्देही–२ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल विकासमा कही कमी हुन नदिने बताए । बुटवल सबै क्षेत्रमा विकसित हुँदै गएको छ । अझै यहाँ गर्नुपर्ने कामहरु पूरा गरी बुटवललाई नमूना बनाए एमाले सक्षम रहेको श्रेष्ठको भनाइ छ ।