२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

मंगलवार , कार्तिक १५, २०७९

काठमाडौं, १५ कात्तिक । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । 

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् ।
एमालेले  ‘समृद्व नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव संकलन गरिएको थियो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् । न्युज कारखाना