२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष गुप्ता राप्रपामा प्रवेश

मंगलवार , कार्तिक १५, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, १५ कात्तिक ।
    लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका क्रियाशिल सदस्य सुन्दर गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । गुप्ता कांग्रेस परित्याग गरी मंगलबार राप्रपामा प्रवेश गरेका हुन् ।

    भैरहवामा भएको एक कार्यक्रममा उनलाई राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले पार्टीमा स्वागत गरे । गुप्तासहित नेपाली कांग्रेस परित्याग गरी ओमसतिया गाउँपालिका–२ का दर्जन बढी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।