२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो : घनश्याम भुसाल

शुक्रवार , कार्तिक १८, २०७९

रुपन्देही, १८ कात्तिक । 
सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले ‘सुखी नेपाली समृद्ध नेपाल’  नाराको प्रस्तावक आफू भएको बताएका छन् ।

बिहीवार देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दावी गरे । 

सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना समृद्धिको सपना पूरा नहुँने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न आग्रह गरे ।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफुले कुराले मात्रै नभइ व्यवहारमै गरेर देखाउने उनले प्रतिबद्धता व्यक्त गरे । मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो ।

त्यसै गरी रुपन्देही क्षेत्र नम्बर १ (१) प्रदेशसभा सदस्यका उम्मेदवार विश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताए ।

त्यस्तै प्रदेश १ (२) प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताए । मतदातालाई पटकपटक झुठो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्ध बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए ।