२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाई : नेता ढकाल

शुक्रवार , कार्तिक १८, २०७९

भैरहवा, १८ कात्तिक ।
पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार एवं नेपाली काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले अहिलेको निर्वाचन प्रतिगमन र अग्रगमन पक्षधरबीचको भएको बताए । उनले तीनदलीय गठबन्धन पश्चगमन र प्रतिगामी भएको जिकिर गर्दै पाँच दलीय गठबन्धन अग्रगमन पक्षधर भएकाले यसको जीत जरुरी रहेको जनाए । 

शद्धोधन गाउँपालिकामा आयोजित तरुण भेला कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही दिशामा अगाडी बढाउन अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुुपर्नेमा जोड दिए ।