
शनिवार , मंसिर २७, २०७७
अर्घाखाँची, २७ मंसिर ।
सन्धिखर्क नगरपालिका खाँचीकोट र शितगंगा नगरपालिकाको सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणका कारण लामो समय बन्द रहेको मन्दिरमा पुनः आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट र शितगंगा नगरपालिकाको वडा नम्बर २ को सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर जिल्लाको मुख्य पर्यटकका रुपमा चिनिन्छ । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण करिब ८ महिना मन्दिर बन्द थियो । ।
मन्दिर खुलेसंगै पर्यटकहरूको चहलपहल बढेपछि कोरोनाको जोखिम बढेको भन्दै हाललाई मन्दिरको मुल ढोका पुनः बन्द गरिएको मन्दिर व्यवस्थापन समितिकमा अध्यक्ष प्रितम थापा बताए । यहाँ भाकल गरेपछि मनोकांक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ । मन्दिरको भेटीबाट खाँचीकोटको आदर्श मा.वि.का ६ जना र शितापुरको शान्ति नि.मा.वि.का ४ जना शिक्षक राखिएको छ भने अन्य विकास निर्माण कार्यमा पनि मन्दिरले खर्च गर्दै आएको छ ।
सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उचाईमा रहेको छ । बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो । सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उँचाइमा रहेको छ । बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो ।
वि.सं २०६४ सालमा बाबा गुरुको नाममा चिनिने नरनारायणले करिब ३ करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भक्तजनको आर्कषण थपियो र आम्दानी पनि तेब्बर भएको छ । यो मन्दिर निर्माण गर्दा प्राचीन निर्माण सामाग्री प्रयोग गरिएको छ ।
वि.सं. २०६४ सालमा बाबा गुरुको नाममा चिनिने नरनारायणले करिब ३ करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भक्तजनको आर्कषण थपियो र आम्दानी पनि तेब्बर भएको छ । यो मन्दिर निर्माण गर्दा प्राचीन निर्माण सामाग्री प्रयोग गरिएको छ । सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ ।
परापूर्वकालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् । जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ ।
यहाँ कपिलवस्तु, दाङ, प्युठान, पाल्पा, गुल्मी, रुपन्देही लगायत भारतबाट समेत सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् । यस वर्ष कोरोनाको जोखिम रहेकाले जिल्ला जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पुजाआजामा रोक लगाए पनि मन्दिरको ढोका बाहिरैबाट हजारौ पर्यटकले दर्शन गरेको पाइन्छ । मन्दिर व्यवस्थापन समितिले पनि बाहिर मान्छे खटाएर बलि चढाए वापतकोे रकम भक्तजनबाट लिन गरेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी विष्णु पौडलले भने मन्दिरमा मुख्यतः बली चढाउन र बिहानको १ घण्टाको नित्य कर्म गर्नको लागि खुलाइएको बताए ।
कोरोनाको जोखिमले मन्दिरमा पुजा पाठ रोकिएपछि आफ्नो दैनिकी चलाउन गाह्रो भएका ब्यवसायी भने विगत १५ दिन यताको आन्तरिक पर्यटकको चलपहलले यस क्षेत्रमा रहेका करिब ५ सय व्यवसायी खुशी छन् । उनीहरु केही महिना पसल बन्द गरेर बसेका थिए ।
एकातिर विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकले मन्दिर भित्रै गएर दर्शन गर्न नपाउनु र अर्कोतिर दिनप्रतिदिन बढ्दै गएको पर्यटकको संख्यालाई व्यवस्थापन गर्न नसक्दा कोरोनाको उच्च जोखिका कारण भर्खर मात्र चलायमान भएको पर्यटन क्षेत्र कमजोर हुने हो की भन्ने देखिएको छ । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij