२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

विष्णु पौडेललाई वामदेव नेतृत्वको एकता अभियानको समर्थन 

सोमवार , कार्तिक २१, २०७९

बुटवल, २१ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर २ मा वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले प्रतिनिधिसभा सदस्यमा विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले समर्थन जनाएको  बताए । 

उनले भने, ‘विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् । नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’

नेकपा एकता अभियानका रुपन्देही जिल्ला इञ्चार्ज राधेश्याम गुप्ताले रुपन्देही–२ मा आफूहरुको २ हजार ५ सय मतदाता रहेको दावी गरे ।