
मंगलवार , कार्तिक २२, २०७९
भैरहवा। नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (ख) प्रदेश सभाका उम्मेदवार रामचन्द्र ढकालले "देश बिगार्ने नेता" भन्ने ट्याग हटाउने रोल मोडल बन्न चाहेको बताएका छन् ।
गठबन्धनद्वारा मङ्गलबार तिलोत्तमा १३ मा आयोजित कोण सभालाइ सम्बेधन गर्दै उनले प्रतिगमन विरुद्ध बनेको गठबन्धनलाई संविधानको रक्षाका लागि विजय गराउन आग्रह गरे ।
आफू बिजयी भए मतदाताको सिर निहुरिने गरी कुनै पनि काम नगर्ने र जनचाहाना अनुसार आफ्नो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता जाहेर गरे ।
नेता ढकालले आफु अहिले पनि कृषककै रुपमा रहेको उल्लेख गर्दै निर्वाचित भएपछि पनि किसानको हकमा काम गर्ने बताए । उनले मलको अभावका कारण किसानले बर्षेनी दुख पाउदै आएको बताउदै किासको सुबिधाका लागि आगामि ५ बर्ष भित्रमा नेपालमै मल कारखाना खोल्ने बताए ।
रुपन्देहीको समग्र बिकासका लागि आफुले उम्मेदवारी दिएको बताउदै आफ्नो निर्वाचन क्षेत्रका समस्याहरु शिक्षा, स्वास्थ्य, कृषि र सिचाईलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij