
मंगलवार , कार्तिक २२, २०७९
भैरहवा, २२ कात्तिक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य तथा तीनदलीय तालमेलकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ (१) का का प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले सबै कुरा हुन्छ हुन्छ भन्ने तर एउटा काम नगर्ने नेतासँग सावधान हुन आग्रह गरेका छन् । उनले झुटो आश्वास दिने नेतासँग सचेत हुन आग्रह गरे । यादवले सबै काम हुन्छ हुन्छ भन्ने तर व्यवहारमा नगर्ने नेतालाई जनताले राम्रोसँग चिनिसकेको दावी गरे ।
नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त चुनावी कोणसभालाई मंगलबार सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलिहयामा सम्बोधन गर्दै यादवले भने, ‘विकासप्रेमी नेता दीपक बोहराको बारेमा भन्नैपर्दैन, उहाँले रुपन्देहीको विकासका लागि धेरै काम गर्नुभएको छ, म वाचा गर्छु, मलाई जिताउनुहोस्, अवसर पाए काम गरेर देखाउनेछु । ’उनले जनताको चाहना अनुसार विकासका काम अगाडि बढाउने बताए । उनले भने, ‘काम गर्न सकिन भने उम्मेदवार पनि बन्दिन, भोट माग्न पनि आउँदैन । ’
उनले पैसा लिएर भोट किन्ने पार्टी र उम्मेदवारले जनताको विकास नभइ खर्च गरेको पैसा असुली गर्नतर्फ अघि बढ्ने भएकाले जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई मत दिन आग्रह गरे । उनले तीनदलबीच गठबन्धन नभइ पवित्र बन्धन भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij