
बुधवार , कार्तिक २३, २०७९
भैरहवा, २३ कात्तिक ।
भैरहवामा विकासका लागि दीपक बोहराको विकल्प नभएको वक्ताहरुले बताएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित मैत्रीपथमा बुधबार भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दिपक बोहराका अगाडि अरुले विकासका कुरा गर्नु सूर्यलाई दियो देखाउनु जस्तै भएको बताए ।
लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री कल्पना पाण्डेले विकासको सवालमा भैरहवाका लागि अन्य नेता र दीपक बोहरासँग तुलना गर्न नमिल्ने बताइन् । उनले विकासका लागि प्रतिनिधि सभामा रूपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताउनुपर्ने बताइन् । विकास र समृद्धिका लागि एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई जिताउन उनले आग्रह गरिन ।
जसपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रुपन्देही ३ (१) का उम्मेदवार महेन्द्र यादवले देशमा चरम भ्रष्टाचार र चरम महंगो भएको बताए । उनले यसको जिम्मेवारी सरकारले नलिने, त्यसको को जिम्मेवार हो भन्दै प्रश्न गरे । पाँचदलको सिण्डिकेटलाई हटाउन हाम्रो तालमेल हो फैसला तपाईंहरुको हातमा छ यादवले भने, ‘देशलाई निकास दिन केपी ओलीलाईबाहेक अहिले कसैले सक्दैन हाम्रो साझा उम्मेदवार केपी ओली प्रधानमन्त्री हो । ’
विकासप्रेमी नेता दीपक बोहरालाई नजिताएर कसलाई जिताउनुहुन्छ ? यादवले भने, तपाईंहरु चेतनशील हुनुहुन्छ त्यसैले भ्रष्टाचारको भुमरीबाट निकाल्नका लागि तीन दलका साझा उम्मेदवारलाई जिताउन म आग्रह गर्दछु ।’
राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले यो निर्वाचन विकासको मुद्दा र देशको मुद्दा रहेको बताए । दीपक बोहराको अगाडि विकासको कुरा गर्नु सूर्यको अगाडि दियो देखाउनु जस्तो भएको बताउँदै बोहराले विकासको लागि निरन्तर काम गरेको उनले बताए । प्रतिपक्षमा बस्नुपर्ने नेपाली कांग्रेसले जनताको मत अपमान गरेको उनको भनाइ छ । परमादेशको सरकार बनेपछि देशमा महंगी बढेको, देशमा भ्रष्टाचार बढेको किसानले मल नपाएको, युवाहरु स्वदेशमै रोजगारी नपाएर विदेश जान बाध्य भएकाले गृहमन्त्रीलाई जनतासँग मत माग्ने अधिकार नभएको बताए ।
तपाईंहरुलाई के को लागि मत दिने ? झुठो आश्वासन दिनेलाई कि भैरहवाको विकास गर्नेलाई उनले प्रश्न गरे । मतदान सही ठाउँमा गर्नुपर्ने बताउँदै उम्मेदवारका कुरा चरित्र नबुझी मतदान गरे देशले दुःख पाउने उदयले बताए । आफ्नै पार्टी ढलाएर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने माधव नेपालको युवालाई विदेश पलायन गर्ने उद्देश्य मात्रै भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij