images

आइतवार, बैशाख १६ गते २०८१

‘विकासका पूर्वाधारलाई पूर्णता दिन एमालेलाई जिताउनुपर्छ’

‘विकासका पूर्वाधारलाई पूर्णता दिन एमालेलाई जिताउनुपर्छ’

images
images
images
शनिवार, कार्तिक २६ २०७९
शनिवार, कार्तिक २६ २०७९
  • ‘विकासका पूर्वाधारलाई पूर्णता दिन एमालेलाई जिताउनुपर्छ’

    रुपन्देही, २६ कात्तिक ।
    रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शनिबार सैनामैना नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको छ ।

    images

    विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले क्षेत्र नम्ब। ५ का बासिन्दाले परिवर्तन चाहेकाले एमालेको जीत सुनिश्चित रहेको दावी गरे । क्षेत्र नम्बर ५ मा शिक्षा, स्वास्थ्य, सडक–पूर्वाधार, कृषि, रोजगारीलगायतका तमाम क्षेत्रको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन उनले मतदातालाई आग्रह गरे । एमालेले मात्र राष्ट्रियताको रक्षा र तीव्र मुलुकको आर्थिक तथा सामाजिक विकास गर्न सक्ने उनको भनाइ छ ।

    त्यस्तै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गर्दै मतदातालाई एमाले उम्मेदवारलाई जिताउन आग्रह गरे । क्षेत्र नम्बर ५ मा व्यवसायिक कृषिको प्रचुर सम्भावना रहेको बताउँदै उनले किसानलाई सिंचाई, मलखाद, कृषि उपजको बजारीकरणलाई प्राथमिकता दिइने बताए । क्षेत्र नम्बर ५ मा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यका धेरै समस्या रहेकोले ती समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहेको उम्मेदवार घिमिरेको भनाइ छ ।

    त्यसै गरी प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सैनामैनालगायतका क्षेत्र देखिएका खानेपानी, सडक–पूर्वाधार, शिक्षा, स्वास्थ्यका समस्यालाई समाधान गरिने बताए । उनले एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताउँदै सुकुम्बासी समस्या समाधान गर्न पनि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए ।

    यस्तै एमालेका जिल्ला उपसचिव तथा सैनामैना नगरपालिकाका पूवै नगरप्रमुख चित्र बहादुर कार्कीले एमाले नेतृत्वको सरकारले अघि बढाएको गौतमबुद्ध क्रिकेट रंगशाला लगायतका ठूला विकासका पूर्वाधारलाई पूर्णता दिन एमाले उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरे ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij