images

आइतवार, बैशाख १६ गते २०८१

‘संविधान बचाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ’

‘संविधान बचाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ’

images
images
images
आइतवार, कार्तिक २७ २०७९
आइतवार, कार्तिक २७ २०७९
  • ‘संविधान बचाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ’

    बुटवल, २७ कात्तिक ।
    बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफ्नो घरदैलोलाई निरन्तरता दिइहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादुर थापा (सुर्यवंशी) तथा प्रदेशसभा सदस्य २ (१) का उम्मेद्वार दीर्घबहादुर केसी (कुमार) र २ (२) का उम्मेद्वार बामदेव क्षेत्रीले घरदैलोलाई निरन्तरता दिएका हुन् । 
    शनिबार तिलोत्तमा नगरपालिका–१ का विभिन्न स्थान शारदा स्कुल, शान्तीनगर, शाईराम टोल, पार्वती चोक, बेलको रुख, सातघरे मगर टोल, बनबाटिका, फायरलाईन, शान्तीचोक, पाउरोटी फ्याक्ट्री हुँदै बुद्धपथमा आएर कोणसभा गरी घरदैलो समापन गरिएको नेपाली कांग्रेस तिलोत्तमा-१ सचिव मनोज टण्डनले जानकारी दिए । 
    नेपाली कांग्रेस तिलोत्तमा–१ सभापति जवानसिंह ठकुरीको नेतृत्वमा भएको घरदैलोमा स्थानीयहरुले नयाँ उम्मेद्वारलाई मतदान गर्ने बताएको सचिव टण्डनले बताए । 

    images

    घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादुर थापा (सुर्यवंशी) र प्रदेशसभा सदस्य २ (१)का उम्मेद्वार दीर्घ बहादुर केसी(कुमार )ले देश र संविधान बचाउन गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे । उनले सत्यको पछि हिड्ने उम्मेद्वार (गठबन्धनका उम्मेद्वार)लाई विजयी बनाउन आग्रह गरे । 
    त्यस्तै प्रदेशसभा सदस्य २ (२)का उम्मेद्वार बामदेब क्षेत्रीले बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का विभिन्न स्थानमा घरदैलो गरेका छन् । घरदैलोमा मतदाताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

    बिहान क्षेत्रीले बिभिन्न धार्मिक संघ–संस्थाका अगुवाहरुसँग भेटवार्ता गरेका छन् । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, ज्योति चर्च गोलपार्कका अगुवाहरुसँग भेट गरी बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका थिए । 

    रुपन्देही क्षेत्र नम्बर २ सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापा सुर्यवंशीले बुद्धजीविहरुलाई मतदाता शिक्षामा केन्द्रित हुन आग्रह गरेका छन् । उनले बदर मत रोक्दा मतदाताले दिएको मतको पनि कदर हुने र जति बदर मत घटाउन सकिन्छ त्यति आफूहरुलाई फाइदा हुने बताए । 

    शनिबार बुटवलमा आयोजना गरिएको बुद्धिजीविहरुको भेटघाट कार्यक्रममा बोल्दै उनले त्यसको लागि पनि बुद्धिजीविहरुले मतदातालाई मतदाता शिक्षा दिन आग्रह गरे । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष समेत रहेका उम्मेदवार थापाले यो निर्वाचन संविधान र व्यवस्था बचाउने वा समाप्त गर्ने विषयको जनमत संग्रह जस्तै रहेको बताए । उनले यहाँको विकासको लागि सत्ता गठबन्धनसँग सहमति, सहकार्य र एकता गरिएको र यो गठबन्धनका उम्मेदवारलाई जिताउन सबैलाई आग्रह गरे । 

    त्यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्रीले यहाको विकास र समृद्धिको लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए । कार्यक्रममा बुटवल–८ का वडास्तरीय प्रचार समिति संयोजक मदन पौडेल गठबन्धनको स्थिति राम्रो रहेको र यो एकता कायम राखिराख्नुपर्ने बताए । 

    रुपन्देही क्षेत्र नम्बर २ मा काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर केसी र (ख) बाट माओवादी केन्द्रका बामदेव क्षेत्रीलाई उम्मेदवार बनाइएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij