images

आइतवार, बैशाख १६ गते २०८१

एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भर : गिरी

एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भर : गिरी

images
images
images
आइतवार, कार्तिक २७ २०७९
आइतवार, कार्तिक २७ २०७९
  • एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भर : गिरी

    बुटवल, २७ कात्तिक ।
    लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । 

    images

    आइतबार तिलोत्तमा नगरपालिका–५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउँदै आर्थिक रुपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचाकांकहरु सबै ऋणात्मक भएको बताउंदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सबै मतदातालाई आग्रह गरे ।

    देशमा नयांँनयाँ रोजगारीका अवसरहरु सिर्जना गर्ने, उद्योगहरु स्थापनाका लागि आकर्षित गर्ने, बन्द उद्योग सञ्चालन गर्नुका साथै बैदेशिक लगानीका ठुला उद्योगहरु स्थापना गर्दै देशलाई आर्थिक रुपले सम्पन्न गर्ने योजना एमालेको रहेको बताए । आर्थिक रुपले सम्पन्न देश हुनासाथ स्वतः रोजगारी बढ्ने र विदेशमा गएका युवाहरुलाई स्वदेशमै फर्काउन सकिने उनको भनाइ छ । 

    नेता गिरीले अहिलेको सरकारबाट जनताले विकास, समृद्धि, आर्थिक सम्पन्नता, सुशासन केही पनि अनुभुती गर्न नपाएको भन्दै गठबन्धन मात्र आफ्नो स्वार्थका लागि बनेको घाम जस्तै छर्लङ्ग भएको बताए । मतदाताको घरदैलोमा मत माग्दै पुगेका गिरीलाई मतदाताहरुले सडकको स्तरोन्नती, नाली व्यवस्थापन गरिदिन माग गरेका थिए । उनले एमाले नेतृत्वको सरकार बनेपछि सधै सेवक बनेर काम गर्ने र विकास निर्माणका काम, मानवीय विकासका योजनाहरु एकसाथ कार्यान्वयनमा लगिने बताए । साथै तिलोत्तमामा रहेका खेलमैदानको स्तरोन्नतीका लागि पनि आफु लाग्ने उनले बताए । बुटवलको गौतमबुद्ध मुटु अस्पताललाई आवश्यक जग्गाको प्रबन्ध गर्न आफू प्रतिबद्ध रहेको सो अवसरमा उनले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij