२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देही–४ (२) मा तीनदलको निर्वाचन प्रचारप्रसार तथा परिचालन समिति गठन

आइतवार , कार्तिक २७, २०७९

भैरहवा, २७ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर ४ (२) मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले १९ सदस्यीय मायादेवी गाउँपालिकास्तरीय निर्वाचन प्रचार प्रसार तथा परिचालन समिति गठन गरेको छ ।

निर्वाचन प्रचार प्रसार समितिको संयोजकमा एमाले मायादेवी गाउँपालिका सचिव लाल लोध, सह–संयोजकमा राप्रपाका ओमप्रकाश लोध (कोदई प्रधान) र जसपाका हरिलाल यादव रहेका छन् ।

बैठकमा तीन दलीय तालमेलको तर्फबाट रुपन्देही–४ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी), रुपन्देही ४ (२)  प्रदेश सभा सदस्य उम्मेदवार रामअवतार यादव, समानुपातिक उम्मेदवार सुशीला थारु लगायतको उपस्थिति रहेको थियो ।