
सोमवार , कार्तिक २८, २०७९
भैरहवा, २८ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर ३ का स्थानीयले आफ्नो मत तीनदलीय तालमेलकातर्फबाट साझा उम्मेदवार रहेका दीपक बोहरालाई दिने बताएका छन् । आइतबार घरदैलोको क्रममा अमुवाका स्थानीय रामबहादुर थापाले भने, ‘हामीले पहिल्यैदेखि चिने जानेको मान्छे, फोन गर्दा कुरा गर्ने, भेट्दा समस्या सुनिदिने मान्छे हो दीपक दाइ, उहाँलाई भोट नदिएर अरुलाई दिने कुरै हुन्न । ’
त्यसै गरी मनमाया पाण्डेले पनि बोहराको लागि आफूहरुले मत दिने र छरछिमेकमा पनि मत दिन आग्रह गरिरहेको बताइन् । रुपन्देहीमा दीपक बोहरालाई दीपक दाइ भनेर चिन्ने गरिन्छ । एमाले, राप्रपा, जसपाको तीनदलीय साझा उम्मेदवार रहेका बोहरा उम्मेदवार भएसँगै रुपन्देहीका मतादाता उत्साह समेत देखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij