
सोमवार , कार्तिक २८, २०७९
भैरहवा, २८ कात्तिक ।
स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट वडाअध्यक्षका उम्मेदवार मनीश्वर थारु (मनिष चौधरी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । लोसपाबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका युवा नेता चौधरी सोमबार राप्रपामा प्रवेश गरेका हुन् ।
उनलाई राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणा, पूर्वमन्त्री कल्पना पाण्डे, राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, प्रवक्ता शिवचरन केवट, नेता नवाब मुसलमानलगायतले पार्टीमा स्वागत गरेका हुन् । चौधरी मायादेवी गाउँपालिका क्षेत्रमा राम्रो प्रभाव भएका युवा नेताको रुपमा परिचित छन् ।
त्यस्तै लोसपा रुपन्देही जिल्ला सदस्य अमन कान्दु, नेपाली कांग्रेसका क्रियाशिल सदस्य वृजेश नाउ, सदस्य मोतीलाल लोनिया, पूर्ववडाअध्यक्ष हरिहर यादव, लोसपा सदस्य राजकुमार केवट पनि राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij