२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

चुनावपछि रामचन्द्र पौडेल प्रधानमन्त्रीको हकदार : प्रचण्ड

सोमवार , कार्तिक २८, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • तनहुँ, २८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् । 

    तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन ठूलो भूमिका निर्माण गरेकाले रामचन्द्र पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए । 

    उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यसकारणले पौडेलजीलाई अत्याधिक बहुमतले जिताएर पठाउनुहोस ।’ 

    प्रचण्डले गोर्खाबाट आफु उम्मेदवार भएको, तनहुँबाट पौडेल र लम्जुङबाट माओवादीका महासचिव देव गुरुङ उम्मेदवार भएकाले यो क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्ने बताए । प्रचण्डले केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए । न्युज कारखाना