images
images

शनिवार, जेठ ५ गते २०८१

विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस् : रवीन्द्र मिश्र

विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस् : रवीन्द्र मिश्र

images
images
images
मंगलवार, कार्तिक २९ २०७९
मंगलवार, कार्तिक २९ २०७९
  • विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस् : रवीन्द्र मिश्र

    काठमाडौं, २९ कात्तिक । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् । 

    images
    images
    images

    काठमाडौं क्षेत्र नम्बर १० दक्षिणकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे । 

    काठमाडौंको बबरमहलसहितका क्षेत्रमा घरदैलो कार्यक्रम सकेर दक्षिणकाली पुगेका मिश्रले विकृत राजनीतिको चट्टान तोडेर देशको दीर्घकालीन हितका लागि हलोमा मतदान गर्न आग्रह गरेका हुन् । 

    हलोमा मतदान गर्दा कांग्रेस, एमालेसहितका पार्टीका विकृत नेतृत्व प्रतिस्थापन भएर देशले नयाँ नेतृत्व पाउने उनको भनाइ छ । ‘यो पटक हलोमा भोट हाल्दा कांग्रेस÷एमालेमा पनि विकृत नेतृत्व प्रतिस्थापन भएर नयाँ नेतृत्व विकासमा सहयोग पुग्छ र त्यसलबाट देशको समग्र राजनीतिक सुधारमा सहयोग पुग्छ,’ मिश्रले भनेका छन् । 

    काठमाडौं–१ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनको चुनावी प्रचारमा अभिनेत्री मनिषा कोइरालाले पनि साथ दिइरहेकी छन् । काठमाडौं–१ बाट कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् । 
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij