images

शनिवार, बैशाख २२ गते २०८१

गठबन्धन सरकारबाट राष्ट्रिय गौरवका योजनाहरु रोकिए : विश्वकर्मा

गठबन्धन सरकारबाट राष्ट्रिय गौरवका योजनाहरु रोकिए : विश्वकर्मा

images
images
images
मंगलवार, कार्तिक २९ २०७९
मंगलवार, कार्तिक २९ २०७९
  • गठबन्धन सरकारबाट राष्ट्रिय गौरवका योजनाहरु रोकिए : विश्वकर्मा

    रुपन्देही, २९ कात्तिक । 
    नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले गठबन्धन सरकार बनेपछि एमालेको सरकारले अघि बढाएका राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परेको बताएका छन् । 

    images
    images
    images

    रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेका विकास निर्माणका योजनाहरुको बजेट गठबन्धन सरकारले कटौती गरेर देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए ।

    रुपन्देहीको देवदह नगरपालिका ६ स्थित केउलीमा एमाले, राप्रपा र जसपाको संयुक्त भेला तथा मतदातासँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले एमालेले जितेमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पुर्वाधारका योजनाहरु विशेष महत्व दिएर अघि बढाउने दावी गरे । पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले नागरिकको चाहनाअनुसार विकास निर्माणका काम अगाडि बढाउने बताउँदै मंसिर ४ गतेपछि बन्ने एमालेको सरकारले सामाजिक सुरक्षा भत्तालाई ५ हजार पुर्याउने दावी गरे ।

    नेता विश्वकर्माले सरनवारी, केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउदै केउलीलाई नमुना गाउँको रुपमा विकास गर्ने बताए । उनले केउलीको भौतिक विकास निर्माणलाई प्राथमिकता राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले अहिलेको निर्वाचन राष्ट्रियता बचाउने कि बिगार्नेबीचको लडाई भएको हुँदा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई विजय गराउनुपर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै क्षेत्र नम्बर १ (१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिष कुमार चौधरीले नागरिकको चाहना अनुसार विकास निर्माणका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    संयुक्त निर्वाचन परिचालन कमिटी देवदह–६ का संयोजक नेत्रप्रसाद काफ्ले, राप्रपाका नेता माधव रिमाल, निर्वाचन परिचालन समितिका सदस्य विष्णु बराल, राजन अधिकारी लगायतले राष्ट्र र राष्ट्रिताको लागि एमाले नेतृत्वको गठबन्धनको जीत अपरिहार्य रहेको बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij