images

शुक्रवार, बैशाख २१ गते २०८१

प्रदेशका योजनाकार, प्रदेशमै उम्मेदवार 

प्रदेशका योजनाकार, प्रदेशमै उम्मेदवार 

images
images
images
बुधवार, कार्तिक ३० २०७९
बुधवार, कार्तिक ३० २०७९
  • प्रदेशका योजनाकार, प्रदेशमै उम्मेदवार 

    बुटवल, ३० कार्तिक । लुम्बिनी प्रदेशका मुख्य योजनाकार बामदेव क्षेत्री (घिमिरे) लुम्बिनी प्रदेश सभा सदस्यका पदका लागि उम्मेदवार बनेका छन् । मुख्यमन्त्रीको अध्यक्षतामा गठन गरिएको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहेका बामदेव क्षेत्री एक सक्षम ब्यक्तित्व, कुशल नेतृत्वकर्ता र सफल योजनाकार पनि हुन् । कृषि, पर्यटन, उद्योग र ब्यापारलाई लुम्बिनी प्रदेशको समृद्धिको आधार बनाएको प्रदेश सरकारको मुख्य योजनाकारका रुपमा उम्मेदवार क्षेत्रीले केही महत्वपुर्ण र उल्लेखनिय कार्यहरु गरेका छन् ।

    images
    images
    images

    अध्ययनशिल, भद्र, बौद्धिक, स्पष्ट बक्ता र अलिक कडा मिजास लगाएत मौलिक र भिन्न स्वभाव भएका पुर्व उपाध्यक्ष क्षेत्री लुम्बिनी प्रदेश सभाका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवार बनेका हुन् । ०६२/०६३ सालको जनआन्दोलन पछि राजनैतिक सहमतीका आधारमा बनेको अन्तरिम ब्यबस्थापिका संसदमा नेकपा माओबादीका तर्फबाट अन्तरिक बिधायक बनेका क्षेत्री०६५ सालमा कृषि बिकास बैंकको केन्द्रिय अध्यक्ष बनेका थिए । यसअघि २०५२ फागुन १ गतेबाट पार्टीले जनयुद्ध घोषणा गरेपछि माओबादी आन्दोलनमा बिभिन्न बिभाग र मोर्चामा नेतृत्व गर्दै अघि बढ्ने क्रममा २०५८ सालमा पक्राउ परि उनले १४ महिना कठोर जेल जिवन समेत बिताएका थिए ।

    करिब १ बर्ष मात्रै लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा रहि कार्यसम्पादन गरेका क्षेत्रीले समग्र लुम्बिनी प्रदेशको आर्थिक बिकास र समृद्धिको लागि बिभिन्न आधारहरु सहित खाका कोरेका छन । पहिलो आवधिक योजनाको मध्यकालिन समिक्षा समेत गरि आगामी दिनमा लुम्बिनी प्रदेशलाई समृद्धिको दिशातर्फ अघि बढाउने खालका प्रभावकारी योजनाहरु तर्जुमा गर्न सफल भएका छन् । पुर्वमा नवलपरासीदेखि पश्चिम बर्दिया र उत्तरमा पुथाहिमालदेखि दक्षिणमा मर्चवारसम्म फैलिएको भौगोलक, साँस्कृतिक र सामाजिक बिविधताले भरिपुर्ण लुम्बिनी प्रदेशलाई योजनाबद्ध ढंगले क्रमिकरुपमा बिकास गर्नुपर्ने धारणा उम्मेदवार क्षेत्रीको छ ।

    समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश भन्ने लुम्बिनी प्रदेश सरकारको मुल नारालाई साकार पार्न, संयुक्त राष्ट्र संघले तय गरेको दिगो बिकासको लक्ष हासिल गर्न र रुपन्देही जिल्लालाई आर्थिक बिकासको केन्द्र बनाई मुलुककै बिकास र समृद्धिका लागि टेवा पुराउने उद्देश्यका साथ आ.व. २०७९/८०देखि २०८८०/८९ सम्मको दशबर्षे दिर्घकालिन रणनैतिक योजना बनाइएको छ । लुम्बिनी प्रदेशबासी जनताको समृद्धिको सपना पुरा गर्न र दिगो आर्थिक बिकास मार्फत आत्मनिर्भर बनाउने अर्को उद्देश्यका निर्माण गरिएको सो दशबर्षे रणनैतिक योजनामा दुई अंकको आर्थिक बृद्धिदरसहित समृद्ध प्रदेश बनाउने लक्ष रहेको प्रदेश योजना आयोगले जनाएको छ ।

    दोश्रो संबिधान सभाबाट २०७२ सालको नयाँ संबिधान निर्माणसँगै मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गर्यो । २०७४ सालको २ वटा आमनिर्वाचन पश्चात देशमा तिन तहको सरकार बन्यो । तत्कालिन प्रदेश नम्बर ५ अर्थात बर्तमान लुम्बिनी प्रदेशको गठनसँगै दुईतिहाई बहुमतसहितको नेकपाको सरकार निर्माण भै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले करिब साढे तिनबर्ष शासन गर्यो । नेकपा बिभाजित भै एमाले, माओबादी केन्द्र र एकिकृत समाजबादी समाजबादी पार्टी गठन र पुनःर्गठन भएसँगै पोखरेलको सरकार ढलेर माओबादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा एस, जसपा र स्वतन्त्रसहितको सरकार बनेको छ । सोही सरकारले बिषम परिस्थितीमा पनि कुशल ढंगले राजनैतिक यात्रा तय गर्न सफल बामदेव क्षेत्री घिमिरेलाई मुख्यमन्त्री केसीको अध्यक्षमा गठन भएको प्रदेश योजना आयोगको उपाध्यक्षमा मनोनित गरेको हो ।

    लुम्बिनी प्रदेशको योजना निर्माणमा धेरै ज्ञान, अनुभव र अध्ययन भएका क्षेत्री  अहिले पुराना योजनाहरु सम्पन्न गर्ने र बिभिन्न नयाँ योजनाहरु तजर्समा गर्ने सपना बोकेर मैदानमा उत्रिएका छन । कृषि क्षेत्रको बिकासलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने कुरामा जोड दिँदै आएका क्षेत्रीले कृषिको आधुनिकरण, ब्यबसायिकरण र बजारीकरणमा जोड दिँदै आएका छन् । नविनतम प्रबिधिको प्रयोग गरि यान्त्रिीकरण मार्फत उत्पादकत्व बढाउने र बजार प्रबद्र्धन गरि स्वदेशी किसानलाई आत्मनिर्भर बनाउनुका साथै कृषिजन्य उत्पादन निर्यात गरेर बिदेशी मुद्रा आर्जन गर्नसक्ने स्तरमा पुराउनु पर्ने कुरामा क्षेत्रीले जोड दिँदै आएका छन् ।

    क्षेत्रीका अनुसार लुम्बिनी प्रदेश पर्यटन क्षेत्रका बिकासको पनि प्रसस्त सम्भावना बोकेको क्षेत्र हो । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, उनका पिता राजा सुद्धोधनको तिलौराकोट स्थित दरबार, बुद्ध मावली र ससुराली क्षेत्र देवदह तथा अस्तु बिसर्जन गरिएको रामग्राम लगाएतका महत्वपुर्ण ऐतिहासिक, धार्मिक साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेका छन् । नेपाल र नेपालकै लागि महत्वपुर्ण ति क्षेत्रहरुको समुचित बिकास र पर्यटन प्रबद्र्धन मार्फत मुलुककै आर्थिक बिकासमा टेवा पुराउन सकिने उम्मेदवार क्षेत्रीको धारणा छ । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र र लुम्बिनीलाई जोडेर आर्थिक बिकासको महत्वपुर्ण आधारमार्ग तय गर्न सकिने संभावना रहेको उम्मेदवार क्षेत्रीको भनाई छ । 
    साथै पाल्पाको तानसेन, रानीमहल, गुल्मीको रिडी, रेसुङ्गा, प्यूठानको स्वर्गद्धारी, बाँके र बर्दियाको राष्ट्रिय निकुन्ज लगाएतको पनि समुचित ढंगले दिगो बिकास गरि समग्र लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रको प्रबद्र्धन र आर्थिक बिकाससमेत गर्न सकिने संभावना रहेको र आफुले योजना आयोगमा रहँदा ति संभावनाहको खोजी गरि आवश्यक कार्यहरु अघि बढाएको क्षेत्रीको दावी छ । ति योजनाहरुको आर्थिक श्रोत सुनिश्चत भैसकेको र ति महत्वपुर्ण आयोजनाहरु सम्पन्न गर्न आफुले प्रदेश सभामा उम्मेदवारी दिएको क्षेत्रीको भनाई छ ।

    ऐतिहासिक, धार्मिक एवं प्राचिन महत्व बोकेको बुटवल शहरलाई ब्यबस्थित र अत्याधुनिक पर्यटकिय बिश्रामस्थलका रुपका बिकास गर्ने लक्ष रहेको बताउने क्षेत्रीले बेलबास, नयाँगाँउ र तामनगरलाई जोडेर आधुनिक शहर बनाउने योजना अघि सारेका छन् । तिनाउ र दानव नदिमा आवश्यक तटबन्ध र चेकड्याम निर्माण गरि जल भण्डारणको उचित प्रबन्धसमेत गरेर डुंगा शयर गर्न सकिने कार्यक्रम सम्पादन गर्ने योजना रहेको पनि क्षेत्रीले बताएका छन् ।

    बिगतको संघिय सरकार र स्थानिय सरकारको पालामा अलपत्र परेका योजनाहरु जस्तै एसियाली बिकास बैंकको लगानीमा निर्माण हुने मैनाबगर अटोभिलेजको बिकास योजना, सुखानगर—दिपनगर खानेपानी आयोजना, झुम्सा तथा सिस्ने बुटवल खानेपानी आयोजना लगाएतका संकटग्रस्त बनाइएका योजनाहरुलाई प्रकृया र प्रणालीको ब्यबस्थापन पक्षलाई सुदृढ गर्दे अघि बढ्ने योजना रहेको पनि उम्मेदवार क्षेत्रीले जानकारी गराएका छन् ।

    बुटवल १२ तामनगरमा लुम्बिनी बाणिज्य क्याम्पसको मानित बिश्वबिद्यालय स्थापना गर्ने, दानव नदि किनारको नदि उकास जग्गामा प्रदेशस्तरको कृषि उपज केन्द्रको निर्माण गर्ने, बुटवलदेखि कपिलबस्तुसम्म पुर्वपश्चिम महेन्द्र राजमार्गलाई चौडा गरि ६ लेनको बनाउने र सैनामैनामा औद्योगिक ग्रामको स्थापना गर्ने लगाएतका महत्वपुर्ण आयोजनाहरु सम्पन्न गर्ने उद्देश्य रहेको पनि उम्मेदवार क्षेत्रीले बताएका छन् । बुटवल, पाल्पा र गुल्मीको सडक स्तरउन्नती, लुम्बिनीबाट सालझण्डीहुदै ढोरपाटन पुग्ने सडकको तिब्र निर्माण, प्रत्येक पालीकामा स्तरिय खेलमैदान, सर्वसुलभ शिक्षा लगाएतका बिषयमा पनि आफुले ठोसयोजना बनाएको उम्मेदवार क्षेत्रीले जानकारी गराएका छन् ।

    राजनिती, सामाजिक तथा योजनाका क्षेत्रमा आफ्नौ छुट्टटै पहिचान बनाउन सफल एवं जनप्रियराजनितिज्ञ , बौद्धिक विकासप्रेमी र भद्र स्वाभावका क्षेत्री पहिलो पटक जनताको अबस्था र व्यबस्थामा परिवर्तन ल्याउने अठोटकासाथ प्रदेशसभाको प्रत्यक्ष तर्फबाट रुपन्देही क्षेत्र २ (ख)मा सत्ता गठबन्धनदलको साझा उम्मेदवारको रुपमा चुनाबी मैदानमा छन । क्षेत्रीसँगै प्रतिनिधी सभातर्फ राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा सुर्यबंशी र प्रदेश सभा २ (क)तर्फ दिर्घबहादुर केसी कुमार चुनावी मैदानमा छन् ।

    रुपन्देही २ मा नेकपा एमाले, राप्रपासहितको बिपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधी सभामा बिष्णुप्रसाद पौडेल र प्रदेश सभातर्फ २ (क)मा एमालेका लिला गिरी लगाएत र २ (ख)मा बामदेव क्षेत्रीसँग एमालेका भोजप्रसाद श्रेष्ठलगाएतका केही स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा उत्रिएका छन ।  

     

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij