२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

राष्ट्र बचाउन एमालेको ठुलो हात छ : महेन्द्र यादव 

बिहिवार , मंसिर १, २०७९

भैरहवा, १ मंसिर ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य तथा रूपन्देही क्षेत्र नम्बर ३ (२) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले यो राष्ट्र बचाउन नेकपा एमालेको ठुलो हात भएको बताएका छन् । 

एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा भैरहवामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले देशका लागि केपी ओलीले खेलेको भूमिकाका कारण एमालेलाई जनताले सदैव सम्झिरहने बताए । 

राष्ट्रभक्ति नेता ओलीबाहेक कसैले पनि प्रधानमन्त्री हुँदा देखाउन नसकेको बताउँदै यादवले भने, ‘अरु कुर्सी, पदका लागि प्रधानमन्त्री भए ओली देशका लागि, जनताका लागि प्रधानमन्त्री भए । ’

रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहराले निर्वाचन जित्नुभयो भने सबैभन्दा ठुलो श्रेय एमालेलाई जाने बताए । उनले भने, ‘एमालेका कार्यकर्ता प्रतिबद्ध छन् भन्ने प्रमाणित गर्ने मंसिर ४ गते हो । ’ मंसिर ४ गते जनता न्यायाधीश भएको बताउँदै फैसला गर्ने काम जनताको भएको उनले बताए ।