
बिहिवार , मंसिर १, २०७९
अर्घाखाँची, १ मंसिर ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्यले संविधानको रक्षाका लागि गठबन्धन गर्नुपरेको बताएका छन् । बुधबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजना सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता आचार्यले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधान जोगाउनका लागि पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएको बताए ।
माओवादी केन्द्र र नेपाली कांग्रेस शान्ति प्रक्रियादेखि अहिलेसम्म विभिन्न चरणका समस्या समधानमा गर्न एकसाथ अगाडि बढेको उनको भनाइ छ । देशभरमा गठबन्धनको दुईतिहाई आउने सचिव आचार्यले जिकिर गरे ।
नेपाली कांग्रेसका नेता तथा पूर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा सदस्यमा पुष्पा भुसाल, प्रदेश सभा (१) मा सागर केसी, प्रदेश सभा (२) मा कमल भुसालको जित्ने दावी गरे । उनले जिल्लाको विकास, समृद्धि र सुशासनको लागि लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै नेकपा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इञ्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल) ले संगठित पार्टी र विकासप्रेमी नेता टोपबहादुर रायमाझीको विकल्प नभएको बताए ।उनले गठबन्धन भित्र एकरुपता नभएकाले पनि जित्ने आधार तय भएको समेत दावी गरे । खड्काले समृद्ध अर्घाखाँची बनाउन उदेश्यका साथ केन्द्रमा टोपबहादुर रायमाझी प्रदेश सभा (१) मा चेतनारायण आचार्य, प्रदेश सभा (२)मा रामजी प्रसाद घिमिरे जित्ने बताए ।
नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले एमाले पार्टी नभई केपी ओलीको प्रा.लि. रहेको बताए । कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र सन्तोष केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij