२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

काठमाडौं १ का ११ स्वतन्त्र उम्मेदवारले मैदान छाडे, चार उम्मेदवारलाई समर्थन

बिहिवार , मंसिर १, २०७९

काठमाडौं, १ मंसिर । काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्  ।

लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

१५ वर्षसम्म यही क्षेत्रबाट जिते पनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने चुनावी मैदान छाडेकाहरूको भनाइ छ ।  न्युज कारखाना