२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

अध्यक्षसहित ३ जना उपस्थित भएमा बैठक बस्न सक्ने 

मंगलवार , मंसिर ३०, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं, ३० मंसिर । 
    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यो अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

    संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संवैधानिक परिषदमा हाल कायम रहेका सदस्यहरुमध्ये उपसभामुख र प्रमुख प्रतिपक्ष दलको नेता उपस्थित नभए पनि बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ । परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यस अघिको व्यवस्थामा बाँकी सबै सदस्य उपस्थित भए मात्र बैठकका लागि गणपूरक संख्या पुग्ने संवैधानिक व्यवस्था थियो ।

    अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य मात्र उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री र सभामुख, उपसभामुख, प्रधानन्यायाधिश र प्रमुख प्रतिपक्ष दलका नेता गरी कुल ५ जना उपस्थित भए मात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

    अध्यादेश अनुसार अब प्रधानमन्त्री र सभामुख, उपसभामुख, प्रधान न्यायाधिश र प्रमुख प्रतिपक्ष दलका नेतामध्ये ३ जना मात्र उपस्थित भएमा बैठक बसि महत्वपुर्ण निर्णयहरु गर्न सक्नेछ ।