२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय हुन्छ : निर्वाचन आयोग

बिहिवार , मंसिर १, २०७९

काठमाडौं, १ मंसिर ।  निर्वाचन आयोगले चितवन–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ । 

आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए । 

रविको नागरिकता अवैध रहेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजरी परेको छ ।